बालबालिकाको अगुवाइमा वक्तृत्वकला
पथरी (मोरङ), २३ माघ । सरस्वती उच्च मावि झोराहाटमा शुक्रबार बालअधिकार चेतना समूहका बालबालिकाको अगुवाइमा भएको ‘विद्यालय शान्ति क्षेत्र’ विषयक विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ ।
प्रतियोगितामा कक्षा ९ की कृतिका दाहाल प्रथम, कक्षा १० का देवराज बहिदार द्धितीय, कक्षा ९ की बबिता पहाडी तृतीय भएका छन् भन्ने कक्षा ६ की आस्मा चौधरी र कक्षा ८ का विक्रम माझीले सान्त्वना पुरस्कार प्राप्त गरेका छन् ।
सरस्वती बाल क्लब झोराहाटका कार्यवाहक अध्यक्ष कमल घिमिरेको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि तथा सहायक प्रधानाध्यापक जगदीश मेहतालगायतले विजयी बालबालिकालाई पुरस्कार वितरण गर्नुभयो ।
सो बाल क्लबका संरक्षक शिक्षक रामप्रसाद न्यौपानेका अनुसार इन्सेक विराटनगरको पहलमा सञ्चालित इएलपी कार्यक्रमअन्तर्गत सामुदायिक विद्यालयका बालबालिकाको प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
शेर्पा संघ अमेरिकाको प्रेस बिज्ञप्ति
जर्जियाकी बिबादस्पद रिपब्लिकनकि मार्जोरी ग्रीनद्वारा बाइडेन बिरूद्ध महाअभियोगको प्रस्ताव दर्ता
अमेरिकी इतिहासमा अस्टिन बने प्रथम अस्वेत रक्षा सचिव तथा पेन्टागनका प्रमुख
ट्रम्म्पलाई दोश्रो महाअभियोगको प्रस्ताव सोमबार पठाउने ,परीक्षण वहस फेब्रुअरी ८ बाट सुरु हुने
डिसीमा बाइडेनको सपथग्रहणको एकदिन पछि भएको गोलीकाण्डमा एक किशोर सहित ३ जनाको मृत्यु
प्रतिक्रिया