पाँचथरमा हात्तीपाइले रोग सङ्क्रमितको सङ्ख्यामा वृद्धि
इनेप्लिज
२०७२ माघ २१ गते ११:१३ मा प्रकाशित
पाँचथर, २१ माघ । जिल्लामा हात्तीपाइले रोग सङ्क्रमितको सङ्ख्यामा वृद्धि हुन थालेको छ ।
केही वर्षअघिसम्म दुई चारजनामा फाट्टफुट्ट सङ्क्रमण देखिए पनि अहिले भने जिल्लामा ८० जना हात्तीपाइले रोगका सङ्क्रमित रहेको भेटिएको छ ।
स्वास्थ्य जाँचका क्रममा उनीहरुमा हात्तीपाइले रोगका सङ्क्रमित रहेको पाइएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । पोथी लामखुट्टेको टोकाइबाट सर्ने हात्तीपाइले रोगबाट बच्न औषधि पनि खुवाइँदै आएको हात्तीपाइले रोग कार्यक्रमका सम्पर्क व्यक्ति उमेश मेहताले बताउनुभयो ।
उहाँका अनुहार सङ्क्रमितमा स्तन, गुप्ताङ र अण्डकोष सुन्निएको समस्या देखिएको छ । अहिले जिल्लामा हात्तीपाइले रोगसम्बन्धी सरोकारवाला निकायसँग छलफल, अन्तक्र्रिया तथा सचेतनामूलक कार्यक्रम गरिँदै आएको मेहताले भन्नुभयो ।
हरेक दिन अमेरिकनले १५ लाख खोप लगाउने छन :बाइडेन
बाइडेनले अमेरिकी उत्पादनलाई सुदृढ पार्ने कार्यकारी आदेशमा हस्ताक्षर गर्ने
रिपब्लिकनका रोम्निले ट्रम्पलाई सत्यता र न्यायको लागि महाअभियोग परीक्षण हुनु पर्नेमा जोड
अमेरिकामा एकैदिनमा कोरोनाबाट १ लाख ३० हजार संक्रमित,१७६९ जनाको मृत्यु
फिप्नाको स्थानीय विभागको आयोजनामा अन्तरक्रियात्मक प्रशिक्षण सम्पन्न
प्रतिक्रिया