विपन्नलाई आई.एम.ई. को छात्रवृत्ति

इनेप्लिज २०७२ माघ २१ गते १०:४१ मा प्रकाशित

12596300_10208836663823086_39925281_n

चितवन, रत्ननगर, २१ माघ ।
आई.एम.ई. लिमिटेड तथा ग्लोबल आई.एम.ई. बैंकले स्थापना गरेको छात्रवृत्ति कोष अन्तर्गत को छात्रवृत्ति रकम आज बिहिवार हस्तान्तरण गरिएको छ ।

12647812_10208836655302873_247892016_n (1)

पूर्वी चितवनको कालिका नगरपालिका–५, जुटपानी स्थित निम्न माध्यमिक विद्यालयको छात्रा पूर्णिमा लामा र रत्ननगर नगरपालिका–१५, माधवपुर स्थित विन्ध्येश्वरी निम्न माध्यमिक विद्यालयका हरिलाल चेपाङलाई सो छात्रवृत्ति रकम हस्तान्तरण गरिएको हो ।

12647835_10208836666463152_1962323474_n

“उज्ववल भविष्यको तपाईको आकांक्षालाई हाम्रो साथ” भन्ने मुल नाराका साथ आई.एम.ई. को तर्फबाट स्थापना गरिएको छात्रवृत्ति कोषले लामा र चेपाङलाई १०÷१० हजार रुपैयाको चेक हस्तान्तरण गरेको थियो ।

12647982_10208836669303223_398025694_n

हस्तान्तरण कार्यक्रममा आई.एम.ई. लिमिटेड नारायणी अञ्चल प्रमुख सुरज पौडेल, ग्लोबल आई.एम.ई. बैंक नारायणगढ शाखा प्रमुख प्रकाश कस्ती, नेपाल रेडक्रस सोसाइटी जुटपानी उपशाखा सभापति गणेश शर्मा पौडेल, आई.एम.ई. सेन्टर टाँडी, पर्साका प्रमुख वेद प्रसाद आचार्य, रेडियो नेपालका पत्रकार एवम् सुप्रिम एण्ड सुप्रिया मनी ट्रान्सफर शक्तिखोरका प्रमुख शिशिर सिंखडा, नि.मा.वि. जुटपानीका प्रधानाध्यापक लेखनाथ भट्ट, विन्ध्येश्वरी नि.मा.वि. का प्रधानाध्यापक भीम प्रसाद खनाल लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

12650560_10208836668023191_1894251369_n

आई.एम.ई. लिमिटेडले देशभरका गरिब तथा जेहेन्दार विद्यार्थीका लागि १० लाख रुपैयाको कोष स्थापना गरी १ सय जनाको लागि छात्रवृत्ति वितरण गर्ने जनाएको छ । आई.एम.ई. का शाखाहरु मार्फत् विदेश तथा देशभरबाट पैसा प्राप्त गर्न र पठाउन सकिन्छ भने शैक्षिक शुल्क भुक्तानी गर्नका लागि पनि विभिन्न कलेज तथा स्कुलमा सोझै रकम समेत पठाउन सकिने व्यवस्था रहेको नारायणी अञ्चल प्रमुख पौडेलले जानकारी दिनुभयो ।

12674255_10208836668183195_1201034939_n

सामाजिक उत्तरदायित्व अन्तर्गत आई.एम.ई. लिमिटेडले शुरु गरेको छात्रवृत्ति कार्यक्रम आगामी वर्षमा पनि निरन्तर रहने पौडेलले बताउनुभयो ।

12674378_10208836668743209_958961024_n 12674384_10208836653782835_38675170_n

प्रतिक्रिया