जामुनेको दुर्घटनामा अठ्ठाइस घाइते

इनेप्लिज २०७२ माघ १९ गते १४:०१ मा प्रकाशित

Road Accidentतनहुँ, १९ माघ । दमौलीबाट पोखरातर्फ जाँदै गरेको ग १ ख ५४७३ नम्वरको यात्रुवाहक बस आज साँझ पृथ्वीराजमार्गअन्र्तगत जामुने गाविस–४ स्थित साठीमुरे भन्ने स्थानमा दुर्घटना हुदाँ २८ जना घाइते भएका छन् ।

घाइतेमध्ये पाँचको अवस्था गम्भीर रहेकाले उपचारका लागि पोखरा पठाइएको, १३ जनाको दमौलीस्थित रत्नहरि अस्पताल र १० जना व्यास सिटी अस्पतालमा उपचारको लागि पठाइएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक राकेश सिंहले जानकारी दिनुभयो ।

उक्त वस ओभरटेक गर्ने क्रममा सडकबाट करिब १० मिटर तल खसेको थियो ।

प्रतिक्रिया