दुर्घटनामा एकको मृत्यु
इनेप्लिज
२०७२ माघ १९ गते १०:३४ मा प्रकाशित
इटहरी, १९ माघ । सुनसरी जिल्लाको इटहरी उपमहानगरपालिका–४ स्थित हलगडा चोकमा आज बिहान टिपरले ठक्कर दिँदा एकजनाको घटनास्थलमा नै मृत्युभएको छ ।
को१३प ९११९ नंको मोटरसाइकललाई सोही दिशाबाट आउँदै गरेको मे१ख १८२२ नंको टिपरले ठक्कर दिएपछि मोटरसाइकलका चालक धरान उपमहानगरपालिका–१३ निवासी यामबहादुर राईको घटनास्थलमै मृत्युभएको प्रहरीले जनाएको छ ।
मोटरसाइकल पछाडि बसेकी महिलाको भने नाम, थर खुल्न सकेको छैन । उनलाई चिन्ताजनक अवस्थामा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि पठाइएको प्रहरीले जानकारी दिएको छ ।
ठक्कर दिने टिपर र त्यसका चालकलाई इलाका प्रहरी कार्यालय इटहरीले नियन्त्रणमा लिएको जनाएको छ ।
प्रबल गुरुगले बनाएको पोशाक कमला ह्यारिसले प्रार्थना सभामा लगाईन
सदनमा प्रहरीलाई आक्रमण गर्ने कनेक्टिकटका व्यक्ति न्युयोर्कमा पक्राउ
अन्तर्राष्टिय नेपाली साहित्य समाज,कोलोराडो शाखाको नयाँ कार्यसमिति चयनका लागि निर्वाचन समिति गठन
ह्यारिसले ३ जना सिनेटरलाई सपथ गराउदै सिनेटमा डेमोक्र्याटिकलाई बहुमत दिलाइन
” हामी नेपाली” को सद्भावना दूतमा राजा घले
प्रतिक्रिया