सात मेगावाट क्षमताको विद्युत् आयोजना सञ्चालनमा
इलाम, १९ माघ । इलामको दानाबारी र चिसापानी गाविसमा सञ्चालित सानिमा माई हाइड्रोपावरले क्यासकेट आयोजनाबाट सात मेगावाट विद्युत् उत्पादन सुरु गरेको छ ।
हालै निर्माण सम्पन्न गरेर आयोजनाले विद्युत्को परीक्षण उत्पादन थालेको हो । परीक्षणका क्रममा देखापरेको त्रुटि सच्याएर राष्ट्रिय प्रसारण लाइनमा जोडिने प्रशासकीय अधिकृत वसन्त पौडेलले जानकारी दिनुभयो ।
नियमित उत्पादन भइरहेको कावेली करिडोरको गोदकस्थित सवस्टेसनमार्फत केन्द्रीय प्रसारण लाइनमा जडान गरिनेछ । गत असोजदेखि सानिमा माईले २२ मेगावाट विद्युत् उत्पादन गरी केन्द्रीय प्रसारण लाइनमा जडान गरिसकेको छ ।
विसं २०६७ मङ्सिरदेखि निर्माण सुरु गरिएको सानिमा माई जलविद्युत् आयोजना तोकिएकै समयमा सम्पन्न भएको जनाइएको छ ।
रु एक अर्ब २५ करोडको लागतमा सात मेगावाट क्षमताको क्यासकेट आयोजना सम्पन्न भएको प्रशासकीय अधिकृत पौडेलले बताउनुभयो ।
न्याकको आयोजना तथा केसी डान्स सेन्टरसंगको सहकार्यमा सामुदायिक स्वास्थ्य कार्यक्रम नेपाली जुम्बा प्रस्तुति हुने
न्याक महिला विभागको अन्तरक्रिया कार्यक्रममा आमन्त्रण
सदाबहार नायक दिलिप रायमाझी र अशिष्मा नकर्मी अभिनित रानीको ‘चल्यो मायाको बतास’ रिलिज ( भिडियो )
प्रबल गुरुगले बनाएको पोशाक कमला ह्यारिसले प्रार्थना सभामा लगाईन
सदनमा प्रहरीलाई आक्रमण गर्ने कनेक्टिकटका व्यक्ति न्युयोर्कमा पक्राउ
प्रतिक्रिया