मिसन अस्पताल १५ वर्षदेखि बन्द अवस्थामा

इनेप्लिज २०७२ माघ १७ गते २:४५ मा प्रकाशित

फलेवास (पर्वत), १७ माघ । करिब डेढ दशकदेखि बन्द भएको यहाँको मिसन अस्पताल अझैसम्म पनि सञ्चालनमा आउन सकेको छैन् ।

तत्कालीन माओवादी सशस्त्र द्वन्द्वका क्रममा असुरक्षाका कारण बि.स. २०५८ मा बन्द भएको मिसन अस्पताल सञ्चालनमा नआउंँदा सर्वसाधारणले सास्ती खेप्दै आएका छन् । ०५० सालमा स्थापना गरिएको अस्पताल बन्द भएपछि गाउँंलेले उपचारमा सास्ती व्यहोर्नुपरेको हो ।

पन्ध्र श्ययाको उक्त अस्पताल बन्द भएको एक दशक बितिसक्न लाग्दा पनि सञ्चालनमा कसैले चासो नदिएको गाउँलेले बताए । स्थापना भएको सात वर्षसम्म अस्पताल सञ्चालनमा आए पनि माओवादी द्वन्द्वसंँगै अस्पताल बन्द भएको हो ।

अस्पतालमा दुई अमेरिकन र चार नेपाली चिकित्सक कार्यरत थिए । अस्पतालबाट पर्वत, स्याङ्जा र गुल्मी जिल्लाका दुई दर्जन बढी गाविसका एक लाख ५० हजार सर्वसाधारण लाभान्वित थिए । व्यक्तिको १५ रोपनी जग्गामा एड भान्टिस्ट फन्ट मिसर नामक अमेरिकन संस्थाले रु एक करोड लगानी गरेर निर्माण गरेको उक्त अस्पतालका भवन र फर्निचर अहिले बेवारिसे बनेका छन् ।

अस्पताल भवन र आभास गृहमा लगाइएको टायल फुटेपछि चुहिन थालेको छ । समयमै मर्मत नगरे भवन भत्कने निश्चित रहेको उक्त अस्पतालका पूर्व रजिष्ट्रार गङ्गा न्यौपानेले बताउनुभयो । “द्वन्द्वकालमा माओवादीको डरले गर्दा अमेरिकन सरकारले आफ्ना सबै चिकित्सकलाई फिर्ता बोलायो,” उहाँले भन्नुभयो–“अमेरिकन चिकित्सक फिर्ता गएपछि त अस्पताल नै बन्द भयो ।”

पाल्पाको मिसन अस्पतालको अवधारणाअनुसार निर्माण भएको यो अस्पताल बन्द भएपछि सर्वसाधारण उपचारका लागि पोखरा, स्याङ्जा, बुटवल, पाल्पा, भैरहवा जान बाध्य छन् । सबै किसिमका बिरामीको जा““च गर्ने गरिएकाले अस्पतालमा दैनिक ५० देखि १०० जनासम्म बिरामी उपचारका लागि आउने गर्थे ।

हुवास बजार जिल्लाको प्रमुख व्यापारिक नाका भए पनि उक्त स्थानमा सुविधा सम्पन्न स्वाथ्य चौकी स्थापना भएका छैनन् । यहा““ उपस्वाथ्य चौकी मात्र छ । “अस्पताल सञ्चालन गर्न सबैसँग आग्रह ग¥यौँ” स्थानीय लोकराज भुुसालले भन्नुभयो– “सञ्चालनमा कसैले चासो दिएनन् ।” अस्पातललाई सरकारले सञ्चालनमा ल्याउन सके आफूहरुले महँगो रकम तिरेर उपचार गर्न अन्यत्र जानुपर्ने समस्या हटेर जाने भुुसालले बताउनुभयो ।

प्रतिक्रिया