नेपाल सरकारलाई विप्लव माओवादीको अर्काे कडा चुनौति
काठमाडौं, १६ माघ । नेपाल सरकारलाई चुनौति दिँदै नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीले नेवाः स्वायत्त राज्य परिषद घोषणा गरेको छ । स्रोतका अनुसार विप्लव माओवादीको शुक्रबार काठमाडौंको पुतलिसडकस्थित एक गोप्य स्थानमा भएको भेलाले नेपाल सरकारको मन्त्रिमण्डलजस्तै काठमाडौंका कैलाश कुमार मास्केको संयोजकत्वमा नेवाः स्वायत्त राज्य परिषद घोषणा गरेको हो । परिषदलाई विप्लव माओवादीको जनसरकारको केन्द्रीय मन्त्रिमण्डलका रुपमा हेरिएको छ । परिषदको उपप्रमुखमा शान्ति तामाङ लामा चयन भएका छन् । भेलाले भक्तपुरका हरि क्षेत्री (अर्जुन थापा)को अध्यक्षतामा ४५ सदस्यीय जनप्रतिनिधी सभा समेत गठन गरेको छ । यसलाई सजिलो भाषामा संसद भनिन्छ । जसको सभामुखमा क्षेत्री चयन भएका हुन् । जनप्रतिनिधी सभाको उपसभामुखमा विकेश महर्जन चयन भएका छन् । भर्खरै भक्तपुरमा घोषणा भएको जनसरकार प्रमुख सन्तोष बुढामगरको प्रमुख आतिथ्यमा सम्पन्न भेलाले नेपाल सरकारलाई खुलेयाम चुनौति दिँदै सरकार र संसद घोषणा गरेको हो ।
न्याकको आयोजना तथा केसी डान्स सेन्टरसंगको सहकार्यमा सामुदायिक स्वास्थ्य कार्यक्रम नेपाली जुम्बा प्रस्तुति हुने
न्याक महिला विभागको अन्तरक्रिया कार्यक्रममा आमन्त्रण
सदाबहार नायक दिलिप रायमाझी र अशिष्मा नकर्मी अभिनित रानीको ‘चल्यो मायाको बतास’ रिलिज ( भिडियो )
प्रबल गुरुगले बनाएको पोशाक कमला ह्यारिसले प्रार्थना सभामा लगाईन
सदनमा प्रहरीलाई आक्रमण गर्ने कनेक्टिकटका व्यक्ति न्युयोर्कमा पक्राउ
प्रतिक्रिया