कैदीबन्दीलाई खेलकुद सामग्री र धार्मिक पुस्तक प्रदान

इनेप्लिज २०७२ माघ १३ गते २:३९ मा प्रकाशित

कञ्चनपुर, १३ माघ । अन्तर्राष्ट्रिय भन्सार दिवसका अवसरमा कारागार शाखा कञ्चनपुरका कैदीबन्दीलाई खेलकुद सामग्री र धार्मिक पुस्तक प्रदान गरिएको छ ।

कारागारमा मङ्गलबार एक कार्यक्रमको आयोजना गरी कैदीबन्दीलाई खेलकुद सामग्री र धार्मिक पुस्तक प्रदान गरिएको हो ।
भन्सार कार्यालयका प्रमुख रामप्रसाद रेग्मीले कैदीबन्दीको स्वास्थ्य चुस्त र दुरुस्त राख्नका लागि खेलकुद सामग्रीले सघाउ पुर्‍याउने बताउनुभयो । धार्मिक पुस्तकले सद्मार्गमा डोर्‍याउन मद्दत पुर्‍याउने भएकाले ती सामग्री वितरण गरिएको उहाँको भनाइ छ ।

प्रतिक्रिया