रङ्गेली घटनाको विरोधमा पूर्वका नौ जिल्ला बन्द
इनेप्लिज
२०७२ माघ १० गते ६:१६ मा प्रकाशित
धनकुटा, १० माघ । मोरङको रङ्गेलीमा भएको घटनाको विरोधमा लिम्बुवान संयुक्त सङ्घर्ष समितिले आह्वान गरेको बन्दका कारण आज अरुण पूर्वका नौ जिल्लाको जनजीवन प्रभावित भएको छ ।
गत बिहीबार रङ्गेलीमा भएको झडपमा तीन जनाको ज्यान गएको भन्दै त्यसको विरोधमा समितिले एक दिने चक्काजाम आह्वान गरेको हो । बन्दका कारण धनकुटा, तेह्रथुम, सङ्खुवासभा, ताप्लेजुङ, इलाम, पाँचथर, झापा, मोरङ र सुनसरीको जनजीवन प्रभावित भएको पूर्व क्षेत्रीय प्रहरी कार्यालयले जनाएको छ ।
बन्दका कारण ती जिल्लामा बिहानैदेखि लामो तथा छोटो दूरीका सवारी साधन सञ्चालन भएका छैनन् । तराई हुँदै पूर्वी पहाडी जिल्ला जोड्ने कोसी राजमार्ग पनि बिहानैदेखि सुनसान रहेको ट्राफिक प्रहरी कार्यालय धनकुटाले जनाएको छ । आकस्मिक प्रयोजनका सवारी साधन भने सञ्चालमा छन । यातायात ठप्प हुँदा सर्वसाधरण मारमा परेका छन् ।
टेनेसीमा ७० बर्षिय बृद्धले पानीहाँसका २ शिकारीलाई गोली हानी हत्या
मिसिगनकी गभर्नर ग्रेचेन व्हाइटमरलाई अपहरण गर्ने योजना बनाउने योजनाकार दोषी ठहर
अमेरिकी सदनमा दंगा र बिद्रोहमा संलग्न भएका १५० जनालाई न्याय विभागद्वारा अभियोग
अमेरिकामा एकैदिनमा कोरोनाबाट १ लाख ४२ हजार संक्रमित,३९९० जनाको मृत्यु
युट्युबले ट्रम्पलाई निलम्बन गरेको म्याद अनिश्चितकालको लागि बढायो,रुडी जुलीयानीको खातापनि स्थायी रुपमा निलम्बित
प्रतिक्रिया