एक लाख घूस लिँदालिँदै नापी सर्वेक्षक पक्राउ

इनेप्लिज २०७२ माघ ३ गते १३:२४ मा प्रकाशित

काठमाडौँ, ३ माघ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जग्गाको कित्ताकाट गरी लालपुर्जा बनाउने क्रममा एक सेवाग्राहीसँग रु एक लाख घूस लिँदालिँदै नापी कार्यालय बाँकेका नापी सर्वेक्षक जीवछ यादवलाई थलोमा नै पक्राउ गरेको छ ।

आयोगका प्रवक्ता कृष्णहरि पुष्करका अनुसार नापी सर्वेक्षक यादवले नेपालगन्ज नगरपालिका–७ रामनगरमा रहेको साढे आठ धुर जग्गाको कित्ताकाट गर्ने क्रममा घुस लिँदै गर्दा आज कार्यालय परिसरबाटै पक्राउ परेका हुन् ।

नापी सर्वेक्षक यादवलाई हिरासतमा लिएर आवश्यक अनुसन्धान जारी रहेको आयोगले जनाएको छ ।

प्रतिक्रिया