मुलुकले निकास पाउने गरी दलबीचमा सहमतिः महामन्त्री सिंह
काठमाडौँ, २ माघ । नेपाली काँग्रेस महामन्त्री प्रकाशमान सिंहले छिट्टै मुलुकले निकास पाउने गरी दलहरुबीचमा सहमति निर्माण हुन लागेको बताउनुभएको छ ।
आज काठमाडौँ गोकर्णमा फाइभइस्टार क्लबले आयोजना गरेको सेभेन एसाइड गणेशमान सिंह मेमोरियल फुटबल प्रतियोगिताको उद्नघाटन गर्दै महामन्त्री सिंहले मुलुकमा देखिएको समस्या समाधान गर्न दलहरु गम्भीर हुनुपर्नेमा जोड दिनुभयो ।
उहाँले सरकार कामभन्दा पनि भाषणबाजीमा अल्मलिएकाले नागरिकले सास्ती बेहोर्नु परेको बताउँदै सरकारलाई जनताप्रति जिम्मेवार रुपमा प्रस्तुत हुन आग्रह गर्नुभयो ।
काँगे्रेसको १३औँ अधिवेशनमा स्थानीय तहबाटै सबैलाई मिलाएर पार्टीको हितमा काम गर्नसक्ने नेतृत्व आउनुपर्ने पनि महामन्त्री सिंहको भनाइ थियो ।
उहाँले वडा, जिल्ला, क्षेत्रबाटै जनताको हितमा काम गर्नसक्ने नेतृत्व चयन हुनसकेमा पार्टी केन्द्रमा पनि सोहीअनुरुप सबैको साझा व्यक्तिको चयन हुनसक्ने विश्वास व्यक्त गर्नुभयो ।
टेनेसीमा ७० बर्षिय बृद्धले पानीहाँसका २ शिकारीलाई गोली हानी हत्या
मिसिगनकी गभर्नर ग्रेचेन व्हाइटमरलाई अपहरण गर्ने योजना बनाउने योजनाकार दोषी ठहर
अमेरिकी सदनमा दंगा र बिद्रोहमा संलग्न भएका १५० जनालाई न्याय विभागद्वारा अभियोग
अमेरिकामा एकैदिनमा कोरोनाबाट १ लाख ४२ हजार संक्रमित,३९९० जनाको मृत्यु
युट्युबले ट्रम्पलाई निलम्बन गरेको म्याद अनिश्चितकालको लागि बढायो,रुडी जुलीयानीको खातापनि स्थायी रुपमा निलम्बित
प्रतिक्रिया