राज्यको एजेन्डा आर्थिक समृद्धि हुनुपर्छ: नेता भट्टराई

इनेप्लिज २०७२ माघ १ गते १२:५६ मा प्रकाशित

Yogesh_Bhattarai_20140831080937काठमाडौँ, १ माघ । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले अबको राज्यको प्रमुख एजेन्डा आर्थिक समृद्धि हुनुपर्ने बताउनुभएको छ ।

‘सम्भव छ नेपाल’ नामक संस्थाले आज राजधानीमा आयोजना गरेको कार्यक्रममा उहाँले अबको १० वर्ष आर्थिक समृद्धिका लागि सरकारको ध्यान केन्द्रित हुनुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो —“हामीसँग प्रशस्त प्राकृतिक स्रोतसाधन र मानवीय ऊर्जा छ, यसलाई उपयोग गर्न सम्पूर्ण राजनीतिक दलको एजेन्डामा आर्थिक समृद्धिले प्रमुख स्थान पाउनुपर्छ ।”

उहाँले राज्य व्यवस्था र नेतृत्व ठीक नभएसम्म देशले प्रगति गर्न नसक्ने बताउँदै नेतृत्व ठीक नभए अरु जति राम्रा गुण भएपनि देशले उन्नति गर्न नसक्ने उल्लेख गर्नुभयो ।

उहाँले सकारात्मक सोच र कार्यशैलीमा परिवर्तन गर्नुपर्नेमा जोड दिँदै बेइमानी र भष्ट्राचारलाई प्रोत्साहन गर्नेबानीमा सुधार ल्याउनुपर्ने बताउनुभयो ।

अबको समय वैज्ञानिक सोच लिएर आगाडि बढ्नुपर्ने बताउँदै पूर्वप्रधानमन्त्री भट्टराईले अरुको लागि मात्र बहादुर बन्ने नभई आफ्ना लागि पनि नेपाली बहादुर बन्नुपर्ने समय आएको धारणा राख्नुभयो ।

‘सम्भव छ नेपाल’का अध्यक्ष शङ्करकुमार प्रधानले युवाका लागि नेपालमै बसेर काम गर्नसक्ने वातावरण सिर्जना गर्न राजनीतिक दललाई आग्रह गर्नुभयो ।

उहाँले सरकारले युवामा रहेको निराशा हटाई विश्वासको वातावरण बनाउनुपर्ने बताउँदै युवालाई राष्ट्र सेवामा लगाउन भूमिका खेल्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

प्रतिक्रिया