आगलागी हुँदा लाखौँको क्षति

इनेप्लिज २०७२ माघ १ गते १२:४९ मा प्रकाशित

काठमाडौँ, १ माघ । काठमाडौँका विभिन्न स्थानमा आगलागी हुँदा लाखौँ मूल्य बराबरको धनमाल क्षति भएको छ ।

काठमाडौँको सरस्वतीनगरमा आज बिहान विद्युत सर्ट भई आगलागी हुँदा रु १९ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ । सावित्रा भण्डारी, सुमित्रा भण्डारी र एकमाया श्रेष्ठले संयुक्तरुपमा सञ्चालन गरेको त्रिवेणी सपिङ सेन्टरमा विद्युत सर्ट भई आगलागी भएको थियो । सोही सपिङ सेन्टरमा रहेको रचना घिमिरेको कस्मेटिक पसल र जिकेश श्रेष्ठको फार्मेसी पसलसमेत आगोले जलेर रु चार लाख बराबरको धनमाल क्षति भएको प्रहरीले जनाएको छ ।

यसैबीच सामाखुशीस्थित गोपालबहादुर केसीको सिद्धिविनायक इलेक्ट्रोनिक्स सप्लायर्स एन्ड लाइट हाउसमा आज विद्युत सर्ट भई आगलागी हुँदा करिब रु तीन लाख बराबरको धनमाल जलेर क्षति भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया