बिहीबार, माघ ८ २०७७
काठमाडौं २२:५१
वासिङटन डिसी 12:06

त्रिवेणी धाममा पनि दर्शनार्थीको घुइँचो

इनेप्लिज २०७२ माघ १ गते २:०० मा प्रकाशित

परासी, १ माघ । माघे औँसीको अवसरमा नवलपरासीका त्रिवेणी धामलगायत चर्चित तीर्थस्थलमा आज बिहानैदेखि तीर्थालु भक्तजनको घुइँचो लागेको छ ।

नवलपरासीको त्रिवेणी धामसहित नारायणी नदीका आसपासका क्षेत्रमा बिहानैदेखि स्नान साथै पूजाआजा गर्न श्रद्धालु भक्तजनको घुइँचो लागेको हो ।

त्रिवेणी धाममा लुम्बिनी अञ्चलका विभिन्न जिल्ला, चितवनसहित आसपासका जिल्ला र छिमेकी भारतीय क्षेत्रका हजारौँ तीर्थालुको उल्लेख्य सहभागिता रहेको छ ।

विशेषगरी आज माघे औँसीका अवसरमा विभिन्न धार्मिक तीर्थस्थलमा गई स्नानका साथै पूजाआजा गर्नाले पारिवारिक सुख समृद्धि मिल्ने धार्मिक विश्वास रहिआएको छ ।

प्रतिक्रिया