उखु क्रसिङ सुरु
गौशाला, ३० पुस । मधेस बन्दका कारण विगत पाँच महिनादेखि बन्द रहेको महोत्तरी जिल्लाको एभरेष्ट चिनी मिलले उखु क्रसिङ सुरु भएको छ ।
जिल्लाको रामनगर गाविसमा अवस्थित एभरेष्ट चिनी मिलमा महिनौँदेखि बिग्रेको रोलर जडान गरिएपछि आजदेखि सो चिनी मिल सञ्चालनमा आएको सो मिलका उखु प्रबन्धक युगलकिशोर चौरसियाले बताउनुभएको छ ।
अनिश्चितकालीन मधेस बन्दका कारण जिल्लाको मुख्य भन्सार भिट्ठामोडमा रोकिएको चिनी मिलको रोलर र छ ट्रक चुना शनिबार राति आन्दोलनकारीले भित्र्याउन दिएको र सो रोलर जडानपछि चिनी मिल सञ्चालनमा आएको छ ।
अहिले सो चिनी मिलमा उखु क्रसिङ सुरु भएको छ भने जिल्लाको हजारौँ बिगाहा जग्गामा किसानले लगाएका उखु धमाधम काट्न थालेका छन् ।
मिलले किसानलाई मिलमा उखु ल्याउनका लागि धमाधम चलान (पर्चा) दिन थालेको मिलका प्रबन्धक चौरसियाले बताउनुभयो ।
बर्सेनि ५० लाख क्विन्टलभन्दा बढी उखु क्रसिङ गर्दै आएको मिलले बन्द हडतालका कारण यसवर्ष महोत्तरीबाहेक अरु जिल्लाबाट उखु ल्याउन समस्या हुने भएकाले ३०÷३५ लाख क्विन्टल उखु मात्रै क्रसिङ हुन सक्ने सम्भावना व्यक्त गरेका छन् ।
बाइडेनले अमेरिकी उत्पादनलाई सुदृढ पार्ने कार्यकारी आदेशमा हस्ताक्षर गर्ने
अमेरिकामा एकैदिनमा कोरोनाबाट १ लाख ३० हजार संक्रमित,१७६९ जनाको मृत्यु
फिप्नाको स्थानीय विभागको आयोजनामा अन्तरक्रियात्मक प्रशिक्षण सम्पन्न
कोभिड-१९ बिरुद्ध खोप तथा ताजा जानकारी सम्बन्धि अन्तरक्रिया कार्यक्रम हुने
जर्जियाका एक किशोरले आफू काम गर्ने बिशाल बजार पसलबाट करिव १० लाख डलर चोरी गरेको आरोपमा पक्राउ
प्रतिक्रिया