आँखाको नानी प्रत्यारोपण
सुरुङ्गा (झापा), ३० पुस । दृष्टि आँखा अस्पताल बिर्तामोडले आँखाको नानी प्रत्यारोपण सेवा सुरु गरेको छ ।
काठमाडौँस्थित तिलगङ्गा आँखा अस्पतालबाट ल्याइएको आँखाको नानी भारतको आसाम निवासी ५० वर्षीय धीरेन मुसहरीमा प्रत्यारोपण गर्दै अस्पतालले उक्त सेवा सुरु गरेको अस्पतालका नेत्ररोग विशेषज्ञ भाइराजा श्रेष्ठले बताउनुभयो ।
छ महिनाअघिदेखि आँखामा सङ्क्रमण भई आँखाको ज्योति गुमेपछि मुसहरी दृष्टि आँखा अस्पतालमा उपचारका लागि आउनुभएको थियो । उहाँको सफल शल्यक्रियापछि आँखाको नानी प्रत्यारोपण गरेसँगै बुधबार अस्पतालले पत्रकार सम्मेलनको आयोजना गरी सेवाबारे जानकारी गराएको हो ।
अस्पताल स्थापनाको दोस्रो वर्ष प्रवेशसँगै अस्पतालले आँखाको पर्दा (रेटिना) सम्बन्धी शल्यक्रियालगायतका सेवा प्रदान गर्दै आएको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।
निजी क्षेत्रबाट सञ्चालनमा आएको उक्त अस्पतालले पूर्वमा पहिलोपटक यो सेवा सुरु गरेको हो ।
डिसीमा बाइडेनकै मन्त्रिमण्डलको सदस्य भन्ने महिलालाई उद्घाटन जाँचचौकीमा पक्राउ
न्युयोर्क क्विन्समा पत्नीले पतिलाई कफिमा कमिला र साङ्गलो मार्ने बिष मिसाई खुवाएको अभियोगमा प्रकाउ
फिप्नाको आगामी रोडम्याप तयार,संघिय परिषद बैठकमा कार्यसमितिको तर्फबाट अध्यक्षद्वारा निति तथा कार्यक्रम प्रस्तुत
नासा र पतंजलिको आयोजनामा ९ दिने योग शिविर
सदनमा प्रहरीलाई आक्रमण गर्ने सदिग्धको तस्बिर सार्वजनिक,एफबिआइद्वारा व्यापक खोजी
प्रतिक्रिया