आइतबार, मंसिर १९ २०७८
काठमाडौं २०:४६
वासिङटन डिसी 10:01

भूइँमा बसेर पढ्न बाध्य

इनेप्लिज २०७२ पुष ३० गते १:३९ मा प्रकाशित

जाजरकोट, ३० पुस । यहाँको डाँडागाउँ गाविस वडा नं ९ मा रहेको बालहित प्रावि, सुरखालाका विद्यार्थी बस्ने ठाउँ नहुँदा भूइँमा बसेर बढ्न बाध्य छन् ।

विद्यालयमा ८० भन्दा बढी विद्यार्थी अध्ययनरत रहेका छन् । विद्यालयमा एकजना शिक्षकले पढाउनुपर्ने बाध्यता पनि रहेको छ ।

विद्यालयमा खानेपानी, शौचालय, बस्नका लागि डेस्क, बेन्चसमेत नहुँदा भूइँमा बसेर पढ्न बाध्य भएको स्थानीयवासी चन्द्र पुनले बताउनुभयो ।

विसं २०६९ मा स्थापना गरिएको यो विद्यालयको भवन नहुँदा यस्तो समस्या परेको हो । खरले छाएको दुई कोठामा पठनपाठन गर्नुपरेकाले समस्या भएको पुनको भनाइ थियो ।

विद्यार्थी सङ्ख्या धेरै भए पनि विद्यालय, शौचालय, खानेपानी, अन्य भौतिक संरचना नहुँदा विद्यार्थी मर्कामा परेका छन् ।

प्रतिक्रिया