पथरीशनिश्चरेको वजेट १० करोड ८९ लाख

इनेप्लिज २०७२ पुष २९ गते १६:४६ मा प्रकाशित

DSC_2993

 

मोरङको पथरीशनिश्चरे नगरपालिकाले आर्थिक वर्ष २०७३÷७४ को वजेट १० करोड ८९ लाख ६ हजार २ सय ५० रुपैयाँको वजेट सार्वजानिक गरेको छ । आज पथरी उद्योग बाणिज्य संघको सभाहलमा दोस्रो परिषद् नगरविकास निति कार्यक्रम तथा बजेट बिनियोजन गर्दै नगरपालिका कार्यालयका कार्यकारी अधिकृत बिनोदकुमार भण्डारीलेले सार्वजानिक गर्नु भएको थियो ।

DSC_2956

 

 

अधिकृत भण्डारीले प्रस्तुत गर्नु भएको प्रतिवेदन अनुसार फोहोर मैला ब्यबस्थपन कार्यलाई उत्पादन हुने स्थानबाट नै बर्गिकरण गर्ने, एकिकृत सम्पती कर लागु गरिने, एक घर एक बिरुवा कार्यन्वयन गरिने, महिला, आदिबासी जनजाती, महिला दलित अपाङग जेष्ठ नागरिक बालबालिका लगायत लक्षित वर्गलाई क्षमता बिकास तथा आर्थिक आय आर्जन बढाउने कार्यक्रम सञ्चालन गरिने लगायत रहेका छन ।

DSC_2954

यस्तै लोडसेडिङ न्यूनिकरणको लागी नगरको मुख्य चौकहरुमा स्थानियको सहभागितामा सौर्य उर्जा बिशेष प्राथामिकतमा कार्यक्रम सञ्चालन गरिने, नगरबासीलाई नगर आवाज रेडियो कार्यक्रम सञ्चालन गर्ने, पूर्ण खोप नगरपालिका घोषणा गरिने, भुकम्प सम्बन्धी सचेतना मुलक कार्यक्रम सञ्चालन गरिने, प्लाष्टीक मुक्त शहरलाई निरन्तरता दिने, भुल्के जाल्पा देवी मन्दिरलाई सिमसार निर्माण गर्न अध्ययान अनुसन्धान गरिने उल्लेख छ ।

कन्तुर बहुउदेश्य सहकारी संस्था लि. ले अपांगता भएका छात्र छात्रालाई छात्रबृति बितरण गर्यो

DSC_2978

 

पथरी पुस २९

मोरङको पथरीशनिश्चरे– १ मा स्थापित कन्तुर बहुउदेश्य सहकारी संस्था लि. ले अपांगता भएका छात्र छात्रालाई छात्रबृति बितरण गरेका छ । आज पथरीशनिश्चरे १ मा रहेको पञ्चायत उच्च माबि र ७ को दुर्गा माबिमा अध्ययन गर्ने ३० जना छात्र छात्राहरुलाई बिद्यालय पोशाक, ब्याग, कापि पेन्सील, लगायत बितरण गरेको हो । पञ्चायत उच्च माबिको २५ जना बौद्धिक तथा शारिरिक अपांगता बिद्यार्थी र दुर्गा माबिको ५ जनालाई सस्थाका अध्यक्ष दिलकुमार राईले हस्तानतरण गरेका थिए । पञ्चायत उच्च माबिको अपाङग मैत्री कक्षामा नै बिद्यायलका प्राचार्य अर्जुनकुमार बुढाथोकीको उपस्थितिमा बितरण गरिएको छात्रबृति बिगत ८ वर्ष देखि निरन्तर बितरण गर्दै आएको छ । यस बर्षको छात्र बृति करिब ४० हजार रुपैया बराबरको रहेको संस्थाका संस्थाको सचिब ओम लिम्बुले बताए ।

DSC_2957

पथरी जेसीजमा राजेन्द्र बस्नेत

DSC_2986

 

पथरी पुस २९

मोरङको पथरीमा रहेको पथरी जेसीजले आज एक कार्यक्रमको आयोजना गरि चौथो पदहस्तान्तरण कार्यक्रम सम्पन्न गरेको छ । पथरीशनिश्चरे–८, जिरिखिम्तिीमा रहेको पूर्वेलि होटलमा चौथो वार्षिक साधारण सभाबाट निर्वाचित सम्पुर्ण पधाधिकारिहरुको पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको हो । जेसिज २०१६ को नयाँ कार्यसमितिमा २०१६ का अध्यक्षय राजेन्द्र बस्नेतलाई जेसी २०१५ का अध्यक्ष दिपेन्द्रराज तिम्सिनाले पद हस्तानातरण तथा सपथ ग्रहण गराउनु भएको थियो । यस्तै कार्यकारणी सचिवमा लक्ष्मी सुवेदि चयन हुनुका साथै उपाध्यक्षमा दीपेन्द्र दहाल, सन्तोष ढुङ्गेल, महासचिव मान बहादुर दीयाली, उपाध्यक्ष रविन्द्र राई, टेकेन्द्र सुब्बा, यादवचन्द्र दुलाल, गोपाल सावा, कानुनी सल्लाहकार टिकाबिक्रम चौहान रहेका छन् ।

प्रतिक्रिया