नाकाबन्दीले दैनिक दुई अर्बको घाटा: मन्त्री पाण्डे
तिलोत्तमा (रुपन्देही), २९ पुस । उद्योगमन्त्री सोमप्रसाद पाण्डेले भारतले लगाएको अघोषित नाकाबन्दीका कारण अनुमानित दैनिक रु दुई अर्ब घाटा भइरहेको बताउनुभएको छ ।
आज बुटवलमा पाल्पाली समाजको आठौँ साधारणसभा तथा नागरिक अभिनन्दन कार्यक्रममा बोल्दै मन्त्री पाण्डेले नाकाबन्दीले उद्योगदेखि विभिन्न विकास निर्माणका काममा असर पार्दा अहिलेसम्म कम्तीमा दैनिक रु दुई अर्ब रुपयाँ घाटा लागेको अनुमान गरिएको बताउनुभयो ।
जनसङ्ख्या र भूगोलका आधारमा निर्वाचन क्षेत्र बनाउन सकिए पनि संसारमा कहीँ नभएको जनसङ्ख्याका आधारमा नेपालमा निर्वाचन क्षेत्र हुनै नसक्ने उहाँको भनाइ थियो ।
उहाँले नयाँ औद्योगिक नीति बनाउने तयारी भइरहेको पनि बताउनुभयो ।
रुपन्देहीको मोतिपुरमा औद्योगिक क्षेत्र निर्माण गर्न पहल भइरहेको जानकारी दिँदै उहाँले बुटवल–पाल्पा सडकखण्डको विकास र विस्तारका लागि पहल भइरहेको र केही दिनपछि काम सुरु हुने बताउनुभयो ।
हरेक दिन अमेरिकनले १५ लाख खोप लगाउने छन :बाइडेन
बाइडेनले अमेरिकी उत्पादनलाई सुदृढ पार्ने कार्यकारी आदेशमा हस्ताक्षर गर्ने
रिपब्लिकनका रोम्निले ट्रम्पलाई सत्यता र न्यायको लागि महाअभियोग परीक्षण हुनु पर्नेमा जोड
अमेरिकामा एकैदिनमा कोरोनाबाट १ लाख ३० हजार संक्रमित,१७६९ जनाको मृत्यु
फिप्नाको स्थानीय विभागको आयोजनामा अन्तरक्रियात्मक प्रशिक्षण सम्पन्न
प्रतिक्रिया