भक्तपुर, २९ पुस । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री आनन्दप्रसाद पोखरेलले दलको बलियो गठबन्धनले बनेको वर्तमान सरकारले आफ्नो जिम्मेवारी पूरा गरेर मात्रै सत्ता छाड्ने बताउनुभएको छ । आज भक्तपुरको चाँगुनारायण नगरपालिकाको दोस्रो नगर परिषद्को उद्घाटन गर्दै उहाँले सरकार ढलिहाल्छ भनेर दिन गन्ती गर्नुको कुनै अर्थ छैन भन्नु भयो । वर्तमान सरकारको पाँच वटा जिम्मेवारी रहेको बताउँदै उहाँले भन्नुभयो–“संविधानको सफल कार्यान्वयन, मधेस समस्याको समाधान, सङ्घीयताका कार्यान्वयन, सङ्घीयता र स्थानीय निकायको निर्वाचन, आर्थिक विकास एवम् समृद्धको जिम्मेवारी यही सरकारले प्ूरा गर्छ ।” भूकम्पले भत्काएको चाँगुनारायण मन्दिरको पुनर्निर्माण संस्कृति, पर्यटन मन्त्रालयले गर्ने बताउँदै उहाँले अब डाँडामा पर्यटनको विकासका लागि भ्यू प्वाइन्ट बनाउनु पर्ने औँल्याउनुभयो । रासस
प्रतिक्रिया