बर्दिवासका दुई गीत
बर्दिवास, २९ पुस । बर्दिवास नगरक्षेत्रको धार्मिक, सांस्कृतिक र भौगोलिक महत्व दर्साउँदै सामाजिक सद्भावको सन्देशका भाव समेटिएका नेपाली र मैथिली भाषाका एक/एक गीतसङ्ग्रह विमोचित भएका छन् ।
बर्दिवास नगरपालिकाले आयोजना गरेको कार्यक्रममा नेपाली मातृभाषी शिक्षामन्त्री गिरिराजमणि पोखरेलले मैथिली भाषाको ‘मिथिलाक् यि स्वर्ग सऽ सुन्दर हमर बर्दिवास यौ’ बोलको गीत रेकर्ड स्विच अन गरेर विमोचित गर्दै गीत, सङ्गीतको माध्यमले सामाजिक सचेतना बढाउन सजिलो हुने बताउनुभयो । यो गीतमा सर्जक बर्दिवास–९ का २५ वर्षीय भोकीलाल महतोको सङ्गीत र स्वर रहेको छ ।
त्यस्तै सोही कार्यक्रममा मैथिली मातृभाषी सांसद निशा साहले नेपाली भाषाको ‘बर्दिवास हाम्रो हो…हामी सबैको’ बोलको गीत विमोचित गर्नुभयो । स्वास्थ्य क्षेत्रको सरकारी सेवामा रहनुभएका बर्दिवास–१ का ३० वर्षीय जीवनाथ पोखरेलको शब्द र सङ्गीतको सोे गीतको गायनमा माण्डवी त्रिपाठीले सर्जक पोखरेललाई साथ दिनुभएको छ ।
ती दुवै गीतलाई बर्दिवास नगरपालिकाले आफ्नो संस्थाको गीतको संज्ञा दिँदै नगरपालिकाले आयोजन गरिने सबै समारोहमा राष्ट्रगानपछि ती गीत बजाइने जनाएको छ ।
डिसीमा बाइडेनकै मन्त्रिमण्डलको सदस्य भन्ने महिलालाई उद्घाटन जाँचचौकीमा पक्राउ
न्युयोर्क क्विन्समा पत्नीले पतिलाई कफिमा कमिला र साङ्गलो मार्ने बिष मिसाई खुवाएको अभियोगमा प्रकाउ
फिप्नाको आगामी रोडम्याप तयार,संघिय परिषद बैठकमा कार्यसमितिको तर्फबाट अध्यक्षद्वारा निति तथा कार्यक्रम प्रस्तुत
नासा र पतंजलिको आयोजनामा ९ दिने योग शिविर
सदनमा प्रहरीलाई आक्रमण गर्ने सदिग्धको तस्बिर सार्वजनिक,एफबिआइद्वारा व्यापक खोजी
प्रतिक्रिया