तारेभिर महोत्सव माघ १ मा

इनेप्लिज २०७२ पुष २९ गते २:२९ मा प्रकाशित

काठमाडौँ, २९ पुस । काठमाडौं जिल्लाको उत्तरी भागमा पर्ने शिवपुरी लेकको काखमा रहेको मनोरम थलो तारेभिरमा पर्यटन विकास गर्ने उद्देश्यले आगामी माघ १ गते ‘द्वितीय तारेभिर महोत्सव’ हुने भएको छ ।

स्थानीय जनताको पहलकदमी तथा गोकर्णेश्वर नगरपालिका र जिविसको सहयोगमा हुने सो महोत्सवमा साँस्कृतिक प्रदर्शनी, थरिथरिका नेपाली खाना र खाजा, कृषि उत्पादनको बिक्री तथा निःशुल्क घ्यु चाकु खाने कार्यक्रम छ ।

महोत्सवमा चट्टान आरोहण, लामो पदयात्रा, घरबास, तीर्थाटन आदिको मजा पनि लिन सकिने सांसद रामेश्वर फुयाँलले जानकारी दिनुभयो । जोरपाटी– सुन्दरीजल– गोकर्ण र बुढानिलकण्ठ – पञ्चकुमारी मार्ग हुँदै तारेभिर जान सकिने बताइएको छ ।

प्रतिक्रिया