बागलुङ जेसिजमा अधिकारी

इनेप्लिज २०७२ पुष २६ गते ६:०१ मा प्रकाशित

बागलुङ, २६ पुस । बागलुङ जेसिजको अध्यक्षमा पार्वती अधिकारी निर्वाचित हुनुभएको छ । ३७औँ अधिवेशनबाट अधिकारी सन् २०१६ का लागि अध्यक्षमा सर्वसम्मत निर्वाचित हुनुभएको हो ।

नवनिर्वाचित समितिको उपाध्यक्षमा नगेन्द्र बोहरा, नरेन्द्र कँडेल, सुनिता कार्की, एन्जल शाक्य, मनोजकुमार विक, बलबहादुर थापा रहनुभएको छ ।

यस्तै, निर्देशक पदमा रोशन खड्का र अम्बरबहादुर थापा रहनुभएको छ । निर्वाचित अध्यक्षलगायतका पदाधिकारीले शनिबार सपथसँगै पदभार ग्रहण गरेका छन् ।

अध्यक्ष अधिकारीले विभिन्न पदमा मनोनीत गर्नुभएको छ । जसमा कानुनी सल्लाहकारमा लालकुमारी बस्नेत, महासचिवमा जोहन बज्राचार्य, कोषाध्यक्षमा सुमन श्रेष्ठ, सहसचिवमा सुनील श्रेष्ठ, सहकोषाध्यक्षमा सन्दीप खड्का, सम्पादकमा भानु आचार्य, प्रकरण निर्देशकमा सुरेन्द्र शाक्य, कोष वृद्धि संयोजकमा भूपिन विष्ट र सदस्य वृद्धि संयोजकमा सोहन श्रेष्ठ रहनुभएको छ ।

प्रतिक्रिया