भूकम्पपीडितलाई न्यानो कपडा वितरण

इनेप्लिज २०७२ पुष २६ गते ५:५५ मा प्रकाशित

गोरखा, २६ पुस । गोरखाको आरुआर्वाङ गाविसका भूकम्पपीडितलाई न्यानो कपडा वितरण गरिएको छ । भूकम्पपछि टहरोमा बस्दै आएका २०५ घरपरिवारका भूकम्पपीडितलाई चिसोबाट बचाउन न्यानो कपडा वितरण गरिएको हो ।

रोटरी क्लब अफ पोखराले आज आरुआर्वाङ पुगेर कम्बल र टोपीलगायत न्यानो कपडा वितरण गरेको स्थानीय अमृता गुरुङले जानकारी दिनुभयो । चिसोले गर्दा भूकम्पपीडितहरु आगो तापेर दिनरात कटाउन बाध्य थिए । यसअघि आरुआर्वाङ– १ बराम गाउँका ६० वर्षीय लालबहादुर बरामको चिसोले कठ्याग्रिएर ज्यान गएको थियो ।

प्रतिक्रिया