निर्वाचन क्षेत्र विकास कार्यक्रमको बजेट बाँडफाँड

इनेप्लिज २०७२ पुष २६ गते ५:४१ मा प्रकाशित

म्याग्दी, २६ पुस । चालु आव ०७२/७३ मा निर्वाचन क्षेत्र विकास कार्यक्रमअन्तर्गत म्याग्दी जिल्लालाई प्राप्त रु एक करोड ५० लाख बजेट बाँडफाँड गरिएको छ ।

म्याग्दीबाट व्यवस्थापिका–संसद्मा प्रतिनिधित्व गर्ने तीनजना सांसद र जिल्लास्थित सरकारी अधिकारीहरुको सहभागितामा बसेको बैठकबाट यस वर्ष विभिन्न योजना सञ्चालनका लागि प्राप्त भएको उक्त बजेट विनियोजन गरिएको हो ।

निर्वाचन क्षेत्र विकास कार्यक्रमअन्तर्गत प्राप्त भएको रु एक करोड ५० लाख बजेट विभिन्न १५ वटा विकास निर्माण योजनाका लागि विनियोजन गरिएको जिविसले जनाएको छ ।

जिल्ला परिषद्ले प्राथमिकीकरण गरेका योजनामा निर्देशिकाअनुसार रु सात लाखभन्दा माथिका १५ वटा योजनामा बजेट विनियोजन गरिएको सांसद नवराज शर्माले जानकारी दिनुभयो ।

बैठकले रु १५ लाख बजेटको तीनवटा, रु १० लाख बजेटको तीनवटा, रु १३ लाख बजेटको दुईवटा र रु सात लाख बजेटको सातवटा योजनामा बजेट विनियोजन गरेको हो । बजेट बाँडफाँड गरिएको योजनाअन्तर्गत बिम–मराङ–मल्कवाङ–पाखापानी सडक, पिप्ले–मौवाफाँट–दग्नाम–चिमखोला सडक र ताकम–मुना–लुलाङ सडक योजनालाई सबैभन्दा धेरै रु १५/१५ लाख बजेट विनियोजन भएको छ ।

प्रतिक्रिया