कृषि क्षेत्रमा योगदान पुर्‍याउने आठजनालाई सम्मान

इनेप्लिज २०७२ पुष २६ गते ५:३९ मा प्रकाशित

काठमाडौँ, २६ पुस । हिमालय कलेज अफ एग्रिकल्चरल साइन्सेस एण्ड टेक्नोलोजी (हिकाष्ट) ले कृषि र विज्ञानको क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याउने आठजनालाई सम्मान गरेको छ ।

हिकाष्टले आफ्नो १५औँ वार्षिक साधारणसभाको अवसरमा शनिबार आयोजना गरेको कार्यक्रममा डा वैद्यनाथ महतो, डा भोला मेयर श्रेष्ठ, विमलकुमार बानियाँ, डा केशरीलक्ष्मी मानन्धर र मुक्तिनारायण श्रेष्ठलाई ताम्रपत्रसहित सम्मान गरेको हो ।

त्यसैगरी हिकाष्ट कलेजका प्रशासनतर्फका गीतादेवी पाठक, जीवन केसी र चन्द्रकला भण्डारीलाई पशु विभागका महानिर्देशक डा केशवप्रसाद प्रेमीले सम्मान गर्नुभयो ।

सो अवसरमा कृषि तथा वन विश्वविद्यालयका डिन प्रा डा डिल्लीराम बराल, हिकाष्टका अध्यक्ष विनायकप्रसाद राजभण्डारी, प्रिन्सिपल डा कृष्णबहादुर श्रेष्ठलगायतले मुलुकको विकासका लागि कृषि क्षेत्रको विकास हुनुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया