दुर्घटनामा परी बालिकाको मृत्यु

इनेप्लिज २०७२ पुष २५ गते ५:११ मा प्रकाशित

Road Accidentपरासी, २५ पुस । नवलपरासीको बन्जरिया–९ मा भएको सवारी दुर्घटनामा परी एक बालिकाको मृत्युभएको छ ।

लु२त ५१३२ नम्बरको ट्याक्टरको ठक्करबाट सोही स्थानका जीवन परियारको २ वर्षीया छोरी इन्दिराको मृत्युभएको हो ।

शुक्रबार साँझ ट्याक्टरको ठक्करबाट घाइते भएकी बालिकाको उपचारको लागि भैरहवातर्फ लगिँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्कर दिने ट्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया