शनिबार, साउन ९ २०७८
काठमाडौं २२:२१
वासिङटन डिसी 12:36

दस प्रतिशत मात्रै लागुऔषध प्रयोगकर्ता सुध्रे

इनेप्लिज २०७२ पुष २२ गते ३:०३ मा प्रकाशित

बाँके (खजुरा), २२ पुस । बाँकेमा सुधारगृहमा राखिएकामध्ये १० प्रतिशत मात्रै लागुऔषध प्रयोगकर्ता सुध्रिने गरेको पाइएको छ ।

सुधारगृहमा राखेर फर्किएकामध्ये ९० प्रतिशत लागुऔषध प्रयोगकर्ता पहिलेकै जीवनमा फर्किने गरेको पाइएको हो । सुध्रिएर गए पनि घरपरिवार र समाजले विश्वास नगर्ने गरेका कारण विरक्त भएर उनीहरु पहिलेकै जीवनमा फर्किने गरेको साहारा हाउस नेपालगन्जका सञ्चालक अभिराज क्षेत्रीले बताउनुभयो ।

छ महिना या वर्ष दिनसम्म सुधारगृहमा राखिए पनि त्यहाँबाट निस्केपछि १० प्रतिशतले मात्र आफ्नो जीवन फेरेका छन्, पूर्व लागुऔषध प्रयोगकर्तासमेत रहेका क्षेत्रीले भन्नुभयो– “प्रयोगकर्तामा पढाइ र सीप हुँदैन । परिवार र समाजले पनि विश्वास गर्दैनन् । सुध्रिएर गए पनि एक्लो महसुस गर्छ र पुनः पहिलेकै बाटोमा फर्किन्छ ।”

बाँकेमा आधा दर्जन सुधारगृह छन् । सुधारगृह महङ्गा भएकाले लतमा फसेका आप्mना सन्तानलाई त्यहाँबाट उकास्न गरिब भएकालाई भने ठूलो समस्या छ । राख्नुपर्ने समयसम्म नराख्दा अधकल्चो भएर अझ बिग्रने डर हुने क्षेत्रीको भनाइ छ ।

सीमावर्ती जिल्ला भएकाले भारतबाट सहजरुपमा आयात हुँदा बाँकेमा लागुऔषध प्रयोगकर्ताको सङ्ख्या ठूलो छ । लागुऔषध दुव्र्यसनीविरुद्ध क्रियाशील सङ्घसंस्थाको तथ्याङ्कअनुसार बाँकेमा चार हजारभन्दा बढी लागुऔषध प्रयोगकर्ता छन् । त्यसमा बालबालिकादेखि ५० वर्षमुनिका रहेका छन् ।

प्रतिक्रिया