सामुदायिक विद्यालयमा स्काउट शिक्षा पुर्‍याइने

इनेप्लिज २०७२ पुष २१ गते ११:४१ मा प्रकाशित

काठमाडौँ, २१ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले आज नेपाल स्काउटको संरक्षकको दीक्षा ग्रहण गर्नुभएको छ ।

नेपाल स्काउटको प्रधान कार्यालय लैनचौरमा आयोजित समारोहमा प्रमुख आयुक्त रवीन दाहालले संरक्षकको हैसियतमा उहाँलाई सो दीक्षा प्रदान गर्नुभएको थियो । प्रधानमन्त्री उक्त स्काउटको संरक्षक हुने व्यवस्था छ ।

सो अवसरमा प्रधानमन्त्री ओलीले आफ्नै हिसाबले सेवा पुर्‍याएकैले देशभर फैलिन सफल भएको नेपाल स्काउटले भूकम्पका बेला निर्वाह गरेको भूमिका सह्रानीय भएको उल्लेख गर्दै हरेक निर्वाचन क्षेत्रका हरेक सामुदायिक विद्यालयमा स्काउट शिक्षा पुर्‍याइने र यसका लागि सरकारका तर्फबाट आवश्यक सहयोग उपलब्ध गराइने जानकारी दिनुभयो ।

आफूले स्काउटको संरक्षकको भूमिका मात्र निर्वाह नगरी यसको संरक्षण विस्तार र प्रभावकारिताका लागि पहल गर्ने बताउँदै उहाँले सामुदायिक विद्यालयका शिक्षकलाई स्काउटको मास्टर तालिम दिलाउन पनि सहयोग गरिनेमा जोड दिनुभयो ।

युवा तथा खेलकुदमन्त्री सत्यनारायण मण्डलले स् देशभर स्काउट सेवा पुर्‍याउन सरकारका तर्फबाट आवश्यक सहयोग गरिने बताउनुभयो ।

प्रतिक्रिया