विदेशबाट फर्केर आफ्नै व्यवसाय

इनेप्लिज २०७२ पुष २१ गते ११:३८ मा प्रकाशित

दमक, २१ पुस । विदेशबाट फर्किएर आएका चार युवाले झापाको दमकमा संयुक्त रुपमा ‘फ्रेस हाउस’ सञ्चालनमा ल्याएका छन् ।

दमकका सोम घिमिरे, श्याम दाहाल, मोरङ पथरीका लक्ष्मी पोख्रेल र डाँगीहाटका चन्दन शाहले रु १० लाखको लागतमा दमक नगरपालिका– १० मा उक्त फ्रेस हाउस सञ्चालनमा ल्याउनुभएको हो । फ्रेस हाउसबाट आफैँले उत्पादन गरेका माछा, लोकल कुखुरा र ब्रोइलर कुखुराको मासु बिक्री वितरण गर्दै आएको सञ्चालक घिमिरेले बताउनुभयो ।“दैनिक ५० देखि ६० किलो माछा, १५ देखि २० किलो लोकल कुखुरा र २० देखि ३० किलो ब्रोइलर कुखुराको मासु बिक्री वितरण हँुदै आएको छ” उहाँले भन्नुभयो । चाँडै नै खसीको मासुसमेत बिक्री गर्न सुरु गर्ने तयारीमा रहेको उहाँले बताउनुभयो ।

फ्रेस हाउसमा झापाको दमक, मोरङको डाँगीहाट, रङ्गेलीलगायत स्थानबाट जिउँदो माछा ल्याएर बिक्री गरिन्छ । ग्राहकले माग गरेको अवस्थामा घरमै माछा, मासु पु¥याउने गरेको घिमिरेले बताउनुभयो ।

प्रतिक्रिया