झापा, १६ पुस । प्रधानमन्त्री केपी शर्मा ओली आज गृहनगर दमक जाँदै हुनुहुन्छ । प्रधानमन्त्री ओली आज दिनभर उद्घाटन कार्यक्रम र शिलान्यासमा व्यस्त रहनुहुने नेकपा एमाले झापाले जनाएको छ । प्रधानमन्त्री ओलीले आज नै दमक र धरमपुरमा हुने विकास निर्माणका कार्यक्रमहरुको उद्घाटन, शिलान्यास र कार्यकर्ता भेलालाई सम्बोधन गर्न भ्याउनुहुनेछ ।
एमाले अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री ओलीले उद्घाटन र सशलान्यास गर्ने सबै कार्यक्रमहरुको तयारी पूरा भइसकेको आयोजकहरुले जनाएका छन् । झापा क्षेत्र नम्बर ७ बाट निर्वाचित सांसद समेत रहनुभएका प्रधानमन्त्री ओलीले क्षेत्रबासीसँगको भेटघाट भन्दा पनि औपचारिक कार्यक्रममा व्यस्त रहने एमाले झापा क्षेत्र नम्बर ७ का इञ्चार्ज होमबहादुर थापाले जानकारी दिनुभयो ।
ओलीले ४ वटा विकास निर्माणको शिलान्यास र ३ वटा औपचारिक कार्यक्रमको उद्घाटन गर्ने कार्यक्रम तय भएको छ ।
प्रतिक्रिया