आगलागीबाट १२ लाखको क्षति

इनेप्लिज २०७२ पुष १२ गते ६:२९ मा प्रकाशित

रौतहट, १२ पुस । स्थानीय जेठरहिया गाविस–७ मा गएराति भएको आगलागीमा परी करिब रु १२ लाख बराबरको धनमाल जलेर नष्ट भएको छ ।

जिल्ला प्रहरी कार्यालय, रौतहटका अनुसार जेठरहिया गाविस–७ बस्ने निर्गुन सहनीको ५० फिट लामो र २० फिट चौडा भएको फुसको घरमा राति ११ बजे आगलागी हुँदा छवटा बाख्रा जलेर मर्नुका साथै दुईवटा गोरुसमेत जलेर घाइते भएका छन् ।

आगलागीबाट १० मन चामल, लत्ताकपडा, गरगहना, फर्निचरसहितका सामग्री र घर पूर्णरूपमा जलेर नष्ट भएको छ । स्थानीय बासिन्दा र प्रहरीको सहयोगमा आगो निभाइएको थियो ।

आगो कसरी लाग्यो भन्ने खुल्न नसकेको प्रहरीले जनाएको छ । त्यस्तै सखुअवा धमौरा–५ बस्ने सत्यनारायण ठाकुरको तीन बिगाहा खेतको परालको थुप्रोमा आगो लागेर नष्ट भएको छ ।

प्रतिक्रिया