सुनसरीमा अझै रोकिएन बाल विवाह

इनेप्लिज २०७२ पुष ११ गते ५:०० मा प्रकाशित

Bal-bihaइनरुवा, १० पुस । सुनसरीमा अहिले पनि बाल विवाह हुने क्रम रोकिएको छैन ।

सुनसरी सदरमुकाम इनरुवामा शुक्रबार सम्पन्न ‘बाल विवाह न्यूनीकरण’ विषयक अन्तक्र्रिया कार्यक्रममा प्रस्तुत कार्यपत्रमा जिल्लामा अझै बाल विवाह हुने क्रम नरोकिएको देखाएको छ ।

समाजमा विद्यमान रुढीवादी परम्परा, अशिक्षा, बेरोजगारीलगायतका कारण बाल विवाह हुने क्रम जारी रहेको जनाएको छ ।

महिला तथा बालबालिकाको कार्यालयको आयोजनामा भएको कार्यक्रममा पत्रकार जयकृष्ण यादवले ‘बाल विवाह न्यूनीकरण’ र प्रमुख महिला विकास अधिकृत मेरिना श्रेष्ठले ‘किशोरी शिक्षा’ का बारेमा कार्यपत्रसमेत प्रस्तुत गर्नुभएको थियो ।

यादवले प्रस्तुत गर्नुभएको कार्यपत्रअनुसार सुनसरी जिल्लामा १० वर्षमुनिका तीन हजार १६६ जनाले बाल विवाह गरेका छन् । जसमा बालिका दुई हजार ५६८ र बालक ५९८ जना छन् ।

विसं २०६८ को जनगणनाअनुसार १० देखि १४ वर्षको उमेर समूहमा २८ हजार ११३ जनाले जिल्लामा बाल विवाह गरेका छन् । जसमा बालिका २३ हजार ७७७ र बालक चार हजार ३३६ छन् ।

पन्ध्र वर्षदेखि १९ वर्ष उमेर समूहमा एक लाख ६९ हजार ८६२ जनाले बाल विवाह गरेका छन् । तथ्याङ्कअनुसार बालिका एक लाख २३ हजार ६७१ र बालक ४६ हजार १९१ जनाले विवाह गरेका छन् ।

विसं २०६८ को जनगणनाको १० वर्षभित्र सुनसरी जिल्लामा दुई लाख एक हजार १४१ जनाले बालविवाह गरेका छन् । जसमा एक लाख पाँच हजार १६ बालिका र ९६ हजार १२५ जना बालक छन् । सो अवधिमा बालकभन्दा बालिका विवाह डेढ गुणा बढी छ ।

प्रतिक्रिया