इलाम, ७ पुस । सशस्त्र द्वन्द्वका समयमा तत्कालीन विद्रोही पक्षबाट मारिएका किराती युवा छत्र साउदेनको १४औँ स्मृति दिवसको अवसर पारेर सोमबार यहाँ चारजनालाई पुरस्कृत गरिएको छ ।
किरात धर्मावलम्बी युवाको सङ्गठन किरात साम्यो नालिफुङ्वा पान्जुम्भो, छत्र साउदेन स्मृति प्रतिभा पुरस्कार गुठी र साउदेन स्मृति पुस्तकालयले विभिन्न विधाका व्यक्तित्वलाई पुरस्कृत गरेको हो ।
पुरस्कृत हुनेहरूमा गायक जेपी नेम्वाङ, पत्रकार ज्ञानु केदेम ‘मुक्साम’, साहित्यमा बुद्धहाङ नेम्वाङ र कलाकार सेन्छेहाङमा एवाई रहनुभएको छ । सहायक प्रमुख जिल्ला अधिकारी सुजन फागो, नालिफुङवाका अध्यक्ष वेनेमविक्रम फागो र अभिषेक एक्तेनले उहाँहरुलाई दोसल्ला, प्रमाणपत्र र नगद पुरस्कारबाट पुरस्कृत गर्नुभयो ।
इलाम सुलुबुङका साउदेनको २०५९ पुस ६ गते दानाबारी–६ को सहवीरे भन्ने जङ्गलमा हत्या भएको थियो ।
प्रतिक्रिया