एम्बुलेन्स सेवा प्रभावित

इनेप्लिज २०७२ पुष ६ गते ३:५५ मा प्रकाशित

ambulanceपरासी, ६ पुस । पेट्रोलियम पदार्थको अभाव कायमै भएपछि नवलपरासीमा एम्बुलेन्स सेवासमेत प्रभावित बन्दै गएको छ । पेट्रोलियम पदार्थको पर्याप्त आपूर्ति हुन नसक्दा जिल्लामा सञ्चालित एम्बुलेन्समध्ये अधिकांश एम्बुलेन्स बन्द हुन पुगेका हुन् ।

एम्बुलेन्सलाई प्रशासनले प्रतिसाता ३० देखि ४० लिटर डिजेलको कुपन दिए पनि सो पर्याप्त नहुँदा एम्बुलेन्स सेवा प्रभावित हुन पुगेका छन् ।

नवलपरासीमा करिब ५० बढी एम्बुलेन्स छन् । तर पेट्रोलियम पदार्थको अभावका कारण एम्बुलेन्स सञ्चालन सेवा सहज रुपमा सञ्चालन हुन सकेको छैन ।

इन्धन अभावले नवलपरासीका सबै क्षेत्रमा एम्बुलेन्स सेवा बन्द भएका छन् । जिल्लाका एम्बुलेन्स सञ्चालकले एम्बुलेन्सका लागि सहज रुपमा इन्धन उपलब्ध गराउन प्रशासनसँग आग्रह गरेका छन् ।

प्रतिक्रिया