नयां नेपालको नयॉ संबिधान अनि नयॉ प्रधान मन्त्रीलाई मेरो नयॉ चिट्ठी

इनेप्लिज २०७२ पुष ६ गते २:०२ मा प्रकाशित

puskar pany 1

नयॉ नेपाल नयॉ नेपाल भन्छन, खोई कहा छ नयॉ नेपाल, म त कही कतै केही पनि नयॉ नेपालको लक्षण देख्दीन lउही पुरानै नेपाल देख्छु,पुर्खाले आर्जैको नेपाल भन्दा पनि झन बिग्रिएको र भत्केको नेपाल भनेर बिश्व सामु चिनारी पाएको अनुभव गर्दैछु l पुरानो नेपाल भन्दा पनि झन झन जता ततै भत्केको,बिग्रेको ,सडेको गलेको मात्र देखछु l नयॉ नेपाल भन्न सुहाउने कुनै नाम निसानै देख्दीन l

नयॉ चीज ,नयॉ कुरा ,नयॉ विचार नयॉ कामको सुरुवात खै कही कतै देखदीन l कसरी आजको नयॉ नेपाललाई नयॉ नेपाल भनु , कुन आधारले भनु जहा म नयॉ चीजनै भेट्टाउन सक्दीन र अझ सम्म भेट्टाउन सकेको पनि छैन l

समुन्द्रमा हराएको मोती खोजे झै , खोज्दा खोज्दा थाकीसके l नयॉ नेपालको नियम र कानुन अली नयॉ भए झै लाग्छ पुरानै भए पनि !खोई कहॉ छ नयॉ नेपाल। धेरै खोजे धेरै रोए तर कतै पनि भेटीन मैले चाहेको नयॉ नेपाल। कही नभएको जात्रा हाडी गॉऊमा भनेझै , के नयॉ नेपालमा मान्छेले मान्छेलाई मार्ने,काटेने ,लुटपाट मचाउने , सधै आन्दोलन , बन्द हडताल के यो नै नयॉ नेपालको संज्ञा हो ?

अाजकल त झन नय नेपालमा नाका बन्दी भएको छ, तेल र खाध्यान्नको अभाव सदै नेपालीहरुले भोग्नु परेको छ नयॉ नेपालमा नयॉ चीज र नयॉ विकास देख्नै नपाउने सधै नेपालीहरु अभावै अभावमा पिल्सिएर बस्नु पर्ने वा वा नयॉ नेपाल अनि नयॉ प्रधानमन्त्री र नयॉ मन्त्रीहरु देशलाई समुन्द्रमा जहाज डुबाएझै डुबायौ ।

नयॉ नेपाल भनेको के? नयॉ नयॉ नेताहरु , नयॉ नयॉ प्रधानमंत्रीहरु,मंत्रीहरु, उप-प्रधानमंत्रीहरुको जन्म मात्र हुनुनै नयॉ नेपालहो?नेपाली जन्ताहरुलाई खोई नयॉ प्रधानमंत्री र मंत्रीहरुले नयॉ खोज, सुख शान्ती र आन्नदीको अनुभव दीन सकेको?नयॉ ठाउ नयॉ गाऊ बाटो सडकको बीकाश खै कता गए?

कलकारखाना,बत्ती,पानी,स्कुल कलेज र अस्पताल निर्माण गर्ने बजेटहरु खै? कहॉ गए कस्ले झ्वाम पारे ? सधै त्यहि लडाई,झगडा,सत्ताको लागी सधै खुट्टा तानातान के यही हो नयॉ नेपाल ? यी सम्पुर्ण कुराहरु नयॉ नेपलमा सुहाउदैन रनयॉ नेपालमा हुनु पर्ने गुण पनि हैन l र यि सम्पुर्ण कुरा हरि नयॉ नेपालको नयॉ संबिधानको कुनै धारामा पनि उल्लेख छैन l यदी यो संस्कार सधै यस्तै नै चलीरहन्छ भने संबिधानमा पनि कीटानका साथ लेखीयोस हैन भने संबिधान बिपरितका कामहरु गर्न र गराउन मनाही छ l

नयॉ नेपाल तब हुन्छ,जब नयॉ सोच र विचारहरु हुन्छन l नयॉ यूग र नयॉ पुस्ताले देशको नेतृत्व गर्छ l अहिले त नयॉ नेपालमा पुरानै शक्तीहरु जुर्मुराई रहेका छन पुरानै नेताहरुले हालीमुली गरीरहेका छन l पुरानै जुगें मुखे हरु ठुला ठुला पद ओगटेर बसेका छन, अनि कसरी नयॉ नेपाल भन्न मिल्छ ?

प्रतिक्रिया