ट्राफिक नियम उल्लङ्घनबाट राजस्व सङ्कलन

इनेप्लिज २०७२ पुष ६ गते १:२९ मा प्रकाशित

Trafic-Policeमेलम्ची, ६ पुस । इलाका प्रहरी कार्यालय, मेलम्चीले चालु आवमा ट्राफिक नियम उल्लङ्घन गर्नेबाट कारवाही स्वरुप रु एक लाख ६६ हजार २१७ राजस्व सङ्कलन गरेको छ ।

ट्राफिक नियम उल्लङ्घन गरी सवारी साधन चलाउने, अत्यधिक क्षमतामा यात्रु बोक्ने, बिनाकागजपत्र सवारी चलाउने जस्ता विभिन्न विषयमा नियमित चेकजाँचका क्रममा उक्त रकम सङ्कलन गरेको हो ।

चालु आवमा मात्रै नियम विपरीत सवारी साधन चलाउने साना तथा ठूला सवारी साधन ४०९ रहेको इप्रका, मेलम्चीका प्रहरी निरीक्षक निरज डाँगीले बताउनुभयो ।

ट्राफिक नियमसम्बन्धी जनचेतना कार्यक्रम सिन्धुपाल्चोकले दिँदै आइरहेको र अबका दिनमा दुर्घटनामा कमी ल्याउन सुरक्षामा थप कडाइ गरिने डाँगीले उल्लेख गर्नु भयो ।

प्रतिक्रिया