झापामा शिक्षक सहकारी

इनेप्लिज २०७२ पुष ५ गते ११:४४ मा प्रकाशित

Jhapa_nepal-mapकाँकडभिट्टा (झापा), ५ पुस । जिल्लामा पहिलोपटक सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीले छुट्टै सहकारी सञ्चालनमा ल्याएका छन् ।

जिल्लाभर कार्य क्षेत्र रहने गरी गत असार ८ गते डिभिजन सहकारी कार्यालय सहकारीको दर्ता भएको थियो । सो संस्थामा सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारी मात्र सदस्य बन्न पाउँछन् भने हाल ४१२ जना सेयर सदस्य रहेका छन् । सहकारीको सेयर पँुँजी रु चार लाख ५० हजार रहेको उक्त सहकारीका अध्यक्ष तिलकसिंह पाण्डेले जानकारी दिनुभयो ।

सहकारीले शनिबार तीनवर्षे कार्यकालका लागि पाण्डेको अध्यक्षतामा १३ सदस्सीय समितिसमेत गठन गरेको छ । समितिको उपाध्यक्ष प्रकाश भण्डारी, सचिव लेखनाथ पौडेल, कोषाध्यक्ष महेन्द्रविलास लुइँटेल र सहसचिव भक्त खतिवडा रहेका छन् । यस्तै सदस्यमा अर्जुन खनाल, युवराज ढकाल, पङ्कजकुमार घोष, राधा केसी, जगन्नाथ राजवंशी, रुद्र धमला, ठाकुरहरि पोखरेल र शर्मिष्ठा नेपाल रहेका छन् ।

प्रतिक्रिया