नाका खोल्न पहल जारी: उपप्रधानमन्त्री रावल

इनेप्लिज २०७२ मंसिर २८ गते १२:४४ मा प्रकाशित

bhim-rawalचितवन, २८ मङ्सिर । उपप्रधानमन्त्री तथा रक्षा मन्त्री भीम रावलले देशले अहिले भोगिरहेको समस्या समाधान गर्न सरकारले राजनीतिक र कूटनीतिक प्रयास जारी राखेको बताउनुभएको छ ।

व्यक्तिगत कामका सिलसिलामा चितवन आउनुभएका मन्त्री रावलले आज भरतपुर विमानस्थलमा प्रेस चौतारी चितवनले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रतिपक्ष दलले प्राधिकरण विधेयक ल्याउन नदिने र मोर्चाले संविधान संशोधनको विधेयक ल्याउन नदिने कामले देशमा जटिलता थपिएको बताउनुभयो ।

मधेसी मोर्चासँग नाकामा उत्पन्न समस्या समाधानका लागि पहल भइरहेको र भारतसँग पनि वार्ता चलिरहेको उहॉले जानकारी दिनुभयो । मोर्चाले आफ्ना मागहरु सम्बोधनका लागि प्याकेजमा सहमति खोजिरहेको उहॉको भनाइ थियो ।

प्रतिक्रिया