पाँच रुपैयाँ मै विवाह सम्पन्न

इनेप्लिज २०७२ मंसिर २६ गते ३:४६ मा प्रकाशित

जाजरकोट, २६ मङ्सिर । यहाँको एक जोडीले पाँच रुपैयाँको सिन्दूरमा आफ्नो विवाह सम्पन्न गरेका छन् ।

खलङ्गा भेरी मालिका–२ तिमिलेका प्रेमवहादुर ओली र रुकुम नुवाकोट–२ की कमल केसी ले रु पाँचको सिन्दूर मात्र किनेर आफ्नो औपचारिक विवाह सम्पन्न भएको घोषणा गरेका हुन् । शुक्रबार बेलुकी ती जोडीले विप्लव नेतृत्वको नेकपा (माओवादी) जाजरकोट दलको कार्यालयमा पाँच रुपैयाँको अबिर दुलही र दुलाहले एकले अर्कालाई लगाएर औपचारिक विवाह सकिएको हो । धन सम्पत्तिको होडबाजी लगाएर विवाह गर्ने चलन अन्त्य गर्दै सर्वहारा तरिकाले विवाह गरेको उनीहरुले बताएका छन् ।

कार्यक्रममा जिल्लाका सञ्चारकर्मी, पार्टीका उल्लेख्य नेता तथा कार्यकर्ताको सहभागिता थियो ।

प्रतिक्रिया