मह उत्पादन बढ्यो

इनेप्लिज २०७२ मंसिर २५ गते ११:१४ मा प्रकाशित

Honey_1दाङ, २५ मङिसर । जिल्लामा यसवर्ष मह उत्पादन बढेको छ ।

महको लागि उर्वर मानिने जिल्लामा पछिल्लो समयमा माहुरीको गोलामा वृद्धिसँगै मह उत्पादन पनि गतवर्षको तुलनामा यसवर्ष बढेको हो । जिल्लामा गतवर्षको तुलनामा ४० प्रतिशतले मह उत्पादन बढेको हो । जिल्ला माहुरीपालन सङ्घका अनुसार गतवर्ष छ हजार माहुरीका गोलाबाट प्रतिगोला १५ किलोका दरले ९० मेट्रिक टन मह उत्पादन भएको थियो ।

यसवर्ष आठ हजार माहुरीको गोलाबाट प्रतिगोला २० किलोका दरले १६० मेट्रिक टन मह उत्पादन भएको सङ्घका सचिव चेतमान भण्डारीले जानकारी दिनुभयो । उत्पादन बढ्नुको कारण तोरीखेती फस्टाउनु, सयममै पानी पर्नु र मह उत्पादन गर्ने समयमा तापक्रम एकैनास हुनु जस्ता कारण रहेको उहाँले बताउनुभयो ।

जिल्लामा हाल ५० जना कृषकले व्यावसायिक माहुरीपालन गदै आएका छन्, भने सङ्घमा २०० सदस्यको आवद्धता रहेको छ । जिल्लामा हाल १० हजार मौरीको गोला रहेका छन् । माहुरी चराउनका लागि बाहिरी जिल्लाबाट दुई हजार घार यहाँ ल्याएको छ भने जिल्लाभर आठ हजार माहुरीका घार रहेका छन् । रामपुर, गिढेपानी, नारायणपुर, तुलसीपुर, लक्ष्मीपुर, घोराही नगरपालिकाको माथिल्लो भाग, हापुर, धर्ना गाविस चरनका लागि उपयुक्त क्षेत्र मानिन्छन् ।

जिल्लामा उत्पादन भएको महमध्ये ५० प्रतिशत निर्यात हुने गरेको छ ।

प्रतिक्रिया