प्रहरी र गाँजा तस्करबीच गोली हानाहान

इनेप्लिज २०७२ मंसिर २३ गते १०:३४ मा प्रकाशित

लहान, २३ मङ्सिर । सिरहा र सप्तरीको सिमानामा पर्ने बलान खोलामा गएराति प्रहरी र गाँजा तस्करबीच गोली हानाहान भएको छ ।

सप्तरीको टिकुलियाँ–८ स्थित बगान खोलामा भएको दोहरो गोली हानाहानको क्रममा गाँजा तस्करले छाडेको करिब ४० किलो गाँजा प्रहरीले नियन्त्रणमा लिएको छ ।

गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सप्तरी र अस्थायी प्रहरीपोस्ट ठाँडी सिरहाबाट खटिएको प्रहरीको टोलीमाथि करिब छ÷सात जनाको समूहमा रहेका गाँजा तस्करीले दोहोरो गोली हानाहान भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नारायण चिमोरियाले जानकारी दिनुभयो ।

तस्करले गाँजाका बोरा फ्याँकी फरार भएको र बरामद भएको गाँजा जिल्ला प्रहरी कार्यालयमा राखिएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया