आफ्नै शरीरमा आगोलगाई आत्महत्या, आमा गम्भीर घाइते

इनेप्लिज २०७२ मंसिर २३ गते १०:२४ मा प्रकाशित

fire4बैतडी, २३ मङ्सिर । बैतडीमा एक व्यक्तिले आफ्नै शरीरमा आगो लगाई आत्महत्या गरेका छन् भने आमालाई आगो लगाएर गम्भीर घाइते बनाएका छन् ।

प्रहरीका अनुसार आत्महत्या गर्नेमा दुर्गास्थान–६ का ३८ वर्षीय नारायण बडू रहेका छन् । उनले आमालाई मट्टीतेल खन्याई घाइते बनाएपछि आफूले पनि आफ्नै शरीरमा मट्टीतेल छर्केर गम्भीर घाइते भएका थिए ।

घाइते भएका बडूको सेती अञ्चल अस्पताल कैलालीमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

मृतक बडूले सोमबार आफ्नै शरीरमा आगो लगाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लक्ष्मण शाहीले भन्नुभयो “रक्सी सेवन गरी आप्mनो र आफ्नी आमाको शरीरमा आगो लगाएको रहेछ ” । आगोले जलेर गम्भीर घाइते भएकी ६८ वर्षीय आमा द्रौपती बडूलाई सेती अञ्चल अस्पतालमा उपचार हुन नसक्दा काठमाडौँ पठाइएको छ ।

यसैबीच मङ्गलबार पोखराको सेतीनदीमा एक किशोरीको शव फेला परेको छ ।

जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी प्रमुख नायब उपरीक्षक लक्ष्मीराज अधिकारीका अनुसार फेला पर्ने किशोरी रायल गाविस–९ का धनबहादुर खातीको १८ वर्षीया छोरी सुनिता खाती रहेकी छन् ।

मृतक किशोरी सोमबार दिउँसो घरबाट देउरा बजार जान्छु भनी हिँडेकी थिइन् उहाँले भन्नुभयो “घटना कसरी भयो भनेर केही खुल्न सकेको छैन ।” शव मङ्गलबार सेती नदीको बेला बगरमा फेला परेको प्रहरीले बताएको छ ।

मृतकको शवलाई रायल स्वास्थ्य चौकीमा परीक्षण गरी आफन्तको जिम्मा लगाइएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया