हात्तीले दुई वटा घर भत्काए

इनेप्लिज २०७२ मंसिर २२ गते ६:१८ मा प्रकाशित

dhurbe-hattiलहान, २२ मङ्सिर । सिरहाको धनगढीमाई नगरपालिका–१३ मा गएराति दुईवटा जङ्गली हात्तीले दुईवटा घर भत्काएर धान खाएका छन् ।

प्रेमबहादुर थापामगरको घरको भित्ता भत्काएर भकारीमा राखिएको पाँच क्विन्टल धान खाएको र हात्ती धान खाएर हिँडेको थापाकी पत्नी धनमायाले बताउनुभयो ।

हात्तीले सोही ठाउँको भोर्लेनी गाउँका केदार गेलालको घरको भित्ता भत्काइदिएको थियो ।

हात्तीले घर तोडफोड गर्न थालेपछि गाउँलेले राँको बालेर हात्तीलाई गाउँदेखि पूर्वतिर लखेटेका थिए ।

प्रतिक्रिया