समाजका विकृति हटाउने अभियानमा प्रहरी सक्रिय

इनेप्लिज २०७२ मंसिर २२ गते ६:१६ मा प्रकाशित

बैतडी, २२ मङ्सिर । समाजका विकृति विसङ्गति अन्त्यका लागि प्रहरी यहाँ सक्रिय देखिएको छ ।

जिल्लामा सडक दुर्घटना र लागुऔषध, मापसे, महिला हिंसा, आत्महत्यालगायतका घटना बढ्न थालेपछि जिल्ला प्रहरी कार्यालय बैतडीले सचेतनात्मक क्रियाकलाप सञ्चालन गरेको छ ।

समाजमा रहेका विकृति रोक्न सहयोग पुग्ने उद्देश्यले सञ्चालन गरेको हो जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख मोहन पोखरेलले भन्नुभयो – “विद्यालयस्तरमा चेतनामूलक कक्षा सञ्चालन गरेका छौँ, सडक दुर्घटना, लागुऔषध, आत्महत्यालगायतका घटना न्यूनीकरणमा सहयोग मिल्नेछ ।”

यस्तै जिल्लामा महिलामाथि विभिन्न हिंसा हुने भएकाले यसको अन्त्यका लागि कसले के गर्नुपर्छ भन्नेबारे पनि प्रहरीले चेतना गराउँदै आएको छ ।

जिल्लाका विभिन्न ठाउँबाट लागुऔषध ओसारपसार बढी हुने भएकाले यस बारेमा सबैलाई सचेत गराउन लागेको र विशेष गरी विद्यालयमा केन्द्रित भएर कार्यक्रम अघि बढाएको प्रहरी प्रमुख पोखरेलले बताउनुभयो ।

प्रतिक्रिया