शनिबार, साउन १६ २०७८
काठमाडौं ०८:३८
वासिङटन डिसी 22:53

दुई वर्षभित्र विद्युत्भार कटौती अन्त्य: ऊर्जामन्त्री रायमाझी

इनेप्लिज २०७२ मंसिर १९ गते १५:०० मा प्रकाशित

top-bahadurललितपुर, १९ मङ्सिर । उपप्रधानमन्त्री एवम् ऊर्जामन्त्री टोपबहादुर रायमाझीले दुई वर्षभित्र देशलाई विद्युत्भार कटौतीमुक्त बनाउने बताउनुभएको छ ।

दक्षिण ललितपुर विद्युत् सहकारी संस्था लिमिटेडको १४औँ वार्षिक साधारणसभाको आज उद्घाटन गर्दै उहाँले नेपालमा भएको प्राकृतिक स्रोतको उपयोग गरी ऊर्जा विकासलाई मजबुत बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको हो । उहाँले तत्काल देशलाई ऊर्जा सङ्कटकाल घोषणा गर्नेसमेत बताउनुभयो ।

आगामी १० वर्षभित्र १० हजार मेगावाट बिजुली उत्पादन गरेर निर्यात गरिने योजनासमेत रहेको उहाँको विश्वास थियो । मन्त्रालयले तत्कालीन, मध्यकालीन तथा दीर्घकालीन योजना ल्याएर ऊर्जा क्षेत्रको विकास गर्ने बताउनुभयो ।

संस्थाका अध्यक्ष डिल्लीप्रसाद घिमिरेले विद्युत् सहकारीको माध्यमबाट दक्षिण ललितपुरका १९ गाविसका छ हजार ८६७ घरधुरीमध्ये चार हजार ५७९ घरधुरीमा विद्युत् सुविधा दिइएको बताउनुभयो ।

प्रतिक्रिया