आठ सहकारी संस्थालाई साढे पाँच लाख बराबरको उपकरण सहयोग

इनेप्लिज २०७२ मंसिर १९ गते ४:४६ मा प्रकाशित

इलाम, १९ मङ्सिर । जिल्लामा सञ्चालित उन्नति समावेशी परियोजनाले जिल्लाका आठ वटा कृषि सहकारी संस्थालाई कृत्रिम गर्भाधानका लागि आवश्यक उपकरण प्रदान गरेको छ ।

कृषि सहकारी संस्थालाई ७० प्रतिशत अनुदानमा शुक्रबार उपकरण प्रदान गरेको हो ।

परियोजनाले जीतपुरको प्रगति, प्याङको सिकारी डाँडा, चुलाचुलीको अन्नपूर्ण कृषि, नामसालिङको हाम्रो बहुद्देश्यीय, पशुपतिनगरको रोचक, सोयाकको सिंहदेवी र जमुनाको महिला कृषि सहकारी संस्थालाई ३४ लिटर क्षमताको नाइट्रोजन कन्टेनर, सिमेनलाई सुरक्षित राख्ने भाँडोसहितको उपकरण एक÷एक थान गरी करिब रु पाँच लाखको लागतमा १६ थान उपकरण वितरण गरेको परियोजनाका विष्णु काफ्लेले जानकारी दिनुभयो ।

उपकरण वितरणअघि परियोजनाले उपकरण प्रयोग गर्न सहकारी संस्थाका पशु प्राविधिकलाई तालिमसमेत प्रदान गरेको जनाएको छ ।

प्रतिक्रिया