पशुपतिनगरमा भारुको कालोबजारी

इनेप्लिज २०७२ मंसिर १९ गते ४:३५ मा प्रकाशित

money-japan-400x225इलाम, १९ मङ्सिर । पूर्वी इलामको पशुपतिनगर नाकामा भारतीय मुद्रा सटही काउण्टर नहु“दा सर्वसाधारण र पर्यटक ठगिने क्रम बढ्दै गएको छ ।

भारतले गरेको अघोषित नाकाबन्दीका कारण तेलमा भइरहेको कालोबजारीले गर्दा भारतीय नोटको अभाव भएको छ ।
पशुपतिनगर नाकाबाट दैनिक सयौँ लिटर इन्धन नेपाल भित्रिने गरेकाले इन्धन खरिद गर्दा भारतीय रुपैयाँनै सटही गरेर दिनुपर्छ । यसले गर्दा कालोबजारी बढेको स्थानीयको भनाइ छ ।

पशुपतिनगरमा भारतीय नोट सटही काउण्टर नहु“दा सर्वसाधारणले स्थानीयस“ग पैसा साट्दा बढी कमिसन तिर्नु परिरहेको गुनासो गरेका छन् । सशस्त्र द्वन्द्वअघि पशुपतिनगरस्थित राष्ट्रिय वाणिज्य बैंकले नोट सटहीको सुविधा हटाएपछि आन्तरिक तथा बाह्य पर्यटकका साथै उपभोक्ता व्यापारीस“ग रकम साट्दा ठगिने गरेका हुन् । सटही काउण्टर पुनःस्थापनाका लागि पटकपटक सरकारस“ग माग गरे पनि सुनुवाइ नभएको स्थानीयवासी मिलन क्षेत्रीले बताउनुभयो ।

भारु एक लाख साट्दा अहिले सात हजारदेखि आठ हजारसम्म कमिसन लिने गरेका छन् । “दलाललाई कमिसन दियो भने भारु पाइन्छ, नत्र भारु पाउन गाह्रो छ,” एक स्थानीयले नाम नबताउने शर्तमा भने ।

पशुपतिनगरमा सटही काउण्टर नभएकै कारण दलाल र व्यापारीबाट ठगिनुपरेको गुनासो बारम्बार आउने गरे पनि सरकारीस्तरबाटै पहल नभए सटही काउण्टर स्थापना गर्न नसकिने राष्ट्रिय वाणिज्य बैंक पशुपतिनगरका प्रबन्धक अर्जुन सुवेदीले बताउनुभयो ।

“बैंकमा भारु भएको बखत बैंकले सय रुपैयाँको १५ पैसाका दरले सटही गथ्र्यो, अहिले तेलको कालोबजारीले भारुनै पाउन मुस्किल छ,” सुवेदीले भन्नुभयो “भारु हुँदा बैंकले दुई चार हजारसम्म साट्दै ग्राहकलाई दिने गरेको छ ।”

प्रतिक्रिया