पथरीमा बृहत खवरदारी सभा

इनेप्लिज २०७२ मंसिर १८ गते १७:५३ मा प्रकाशित

DSC_2488

मंसिर १८ गते
मोरङको पथरीशनिश्चरेमा शुक्रबार आयोजित बृहत खबरदारीसभाका सहभागीहरुले भारतको नाकाबन्दी एवं झापा, मोरङ, सुनसरीलाई २ नम्बर प्रदेशमा गाभ्ने कुराको विरोधमा चर्को बिरोध गरेका छन् । नागरिक समाजको अगुवाईमा नम्बर २ नम्बर क्षेत्रस्तरीय सभामा राजनीतिक दल, स्थानीय संघ संस्थाहरुको संयुक्त सहभागितामा निस्किएको हजारौंको र्यालीले पथरी बजार परिक्रमा गरेको थियो । र्यालीमा बिद्ययाथि,संघ संस्थाको उलेखनीय उपस्थिती थियो ।

DSC_2495 र्यालीपछि आयोजितसभाका वक्ताहरुले भारतको नाकाबन्दी अन्त्य तथा १ नम्बर प्रदेशको झापा, मोरङ र सुनसरीलाई २ नम्बर प्रदेशमा गाभ्न नहुने खवरदारी गरेका छन् । कार्यक्रममा, मोरङ २ का सांसद चण्डीप्रसाद राई, नेपाल इत्तिहाज समाज सुनसरीका महबुल अन्सारी, नेपाल जेसीजका पूर्व राष्ट्यि उपाध्यक्ष अशोक शंकर, पथरी उद्योग वाणिज्य संघका अध्यक्ष धनकुमार तामाङ, लगायतले मन्तव्य राखेका छन् । उनीहरुले नेपालीले स्वाभिमान झुकाउन नहुने कुरा राखेका छन् । भारतको चलखेलका कारण नेपालको राजनीतिक स्थिती विथोलिएको उनीहरुले अरोप लगाए । आफ्नो प्रदेशका बारेमा सोही प्रदेशका जनतालाई निर्णय गर्ने अधिकार हुने भएकोमा अरुले हस्तक्षेप गर्न नमिल्ने पनि उनीहरुले उल्लेख गरे । गायक वीरध्वज शिवाले पनि नाकाबन्दी विरुद्ध चोटिलो गीत प्रस्तुत गर्नुभयो

DSC_2518

प्रतिक्रिया